कृष्ण माविको चार कोठे भवनको शिलान्यास

फागुन ८ धनगढी –
कृष्ण माध्यमिक विद्यालय सिमलफाँटाको चार कोठे पक्की भवनको शिलान्यास भएको छ। एक कार्यक्रमका बीच बुधबार शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले भवनको शिलान्यास गर्नुभएको छ।

शिलान्यास कार्यक्रममा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रताप सिंह धामी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकराज भट्ट लगायत स्थानीय र अभिभावकहरूको उपस्थिति रहेको थियो।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत संघीय अनुदानमा बनिरहेको शौचालय सहितको चार कोठे भवनको शिलान्यास गरिएको हो। विद्यालयलाई भवन अभाव भएपछि यस वर्ष शुक्लाफाँटा नगरपालिकाले कृष्ण माध्यमिक विद्यालय सिमलफाँटालाई प्राथमिकतामा राखेको थियो। यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसकिने चारकोठे भवनले विद्यालयमा पठनपाठन गर्न सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकराज भट्टले बताउनुभयो । झन्डै ५५ लाखको लागतमा निर्माण भइरहेको विद्यालय भवनले विद्यार्थीहरूलाई पठनपाठनमा सहज हुने शिलान्यासपछि नगर प्रमुख रणबहादुर महराले बताउनुभयो। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply