हेमा भट्ट
९ फागुन २०८१
कञ्चनपुर – कृष्णपुर नगरपालिका ९ स्थित सिता सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा अभिभावक विद्यार्थी लाई शिक्षा अभिमुुखिकरण कार्यक्रम २०८१ शिवदुर्गाकाे सभा हलमा सम्पन्न भएको छ ।
सामुदायिक बनका अध्यक्ष पुनाराम चौधरी को शभापतित्वमा भएको कार्यक्रममा वडान ९ का वडा अध्यक्ष कैलाश बलायर प्रमुख अतिथि रहनुभएको थियो ! विशिष्ट अतिथि पुर्ब वडा अध्यक्ष छत्र बहादुर महरा र कार्यक्रमको प्रशिक्षक डा तारा प्रसाद गिरि रहनुभएको थियो
प्रमुख अतिथि वडा अध्यक्ष बलायर लेअभिभावक बिध्यार्थिलाइ शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम कोसेढुंगा साबित हुने बताउनुभयो ।
अध्यक्ष बलायर ले सिता सामुदायिक बनले गर्मिको समयमा आगलागी बाट कसरि जोगिने र आगलागी बाट हुने जोखिम का साथै जोखिम न्यूनीकरण को लागि गर्ने प्रयासहरु सर्हानिय भएको बताउदै निरन्तरता दिनुपर्ने बताउनुभयो
कार्यक्रममा कृष्णपुर नगरपालिका ९ मा रहेको पान्चाधिन माबिका विद्ययार्थि लाइ सहभागी गराइ हरेक मानिसलाई विकसित , चरित्रवान ,कर्मशिल , तथा अनुशासित बनाउदै सार्थक जिवन बनाउने कार्यक्रम को उदेश्य रहेको छ ।
कार्यक्रमका विशिष्ट अतिथि प्रशिक्षक डा तारा प्रसाद गिरिले अभिभावक शिक्षाले कुनै व्यक्तिमा अभिभावकत्व निर्वाह गर्नेसम्बन्धी सीपको विकास गर्दछ। अभिभावकलाई आवश्यक ज्ञान तथा शिक्षा दिई बालबालिकाहरूको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउन दिइने र अभिभावक अशिक्षित भइदिँदा बालबालिकाहरूको उमेरजन्य परिवर्तन र त्यसले सिकाइमा पार्ने सकारात्मक/नकारात्मक प्रभावका बारेमा बालबालिकाहरूले पाउनु पर्ने उचित सल्लाह एवम् मार्गदर्शन पनि पाउन सक्दैनन्। यस अर्थमा अभिभावकलाई पनि समयानुसारको शिक्षा प्रदान गर्दै जान अहिले आवश्यक रहेको जानकारी गराए ।अभिभावक शिक्षित भए भने मात्र परिवारका सदस्यहरूले समुचित रूपमा शिक्षाको अवसर प्राप्त गर्न सक्छन् छन् अभिभावक र विद्यार्थीकाे स्वास्थ्य, शिक्षा एवम् रुचि चाहनाहरूलाई सही ढङ्गले पहिचान गरी उनीहरूलाई सही मार्गदर्शन दिन अभिभावक स्वयम् शिक्षित एवम् सचेत हुन आवश्यक रहेको उनलेे भने अभिभावक र विद्यार्थी ज्ञान दिन उपयोग गरिने शिक्षा अभिभावक शिक्षा रहेकोे गिरिल बताए ।
समाजसेवी लालबहादुर चौधरी ले सन्चालन गर्नुभएको कार्यक्रम को स्वागत शिक्षक गणेश दत्त भट्टले गर्नुभएको थियो । कार्यक्रम राजघाट शिब मन्दिर मा संचालन भएको थियो।
अभिभावकले विशेषगरी, बालबालिकाको भावना, संवेदनशीलता, आचरण, व्यवहार, स्वभाव,आत्मसम्मान,सिक्ने क्षमता, महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले बालबालिकाको पहिलो विद्यालय उनीहरूको घर र अभिभावक पहिलो शिक्षक हुन् प्रशिक्षक डा तारा प्रसाद गरिले सुझाव दिए ।