नगर प्रमुखद्वारा विद्यालय भवनको उद्घाटन विद्यालय भवन शिलान्यास

हेमा भट्ट
१०फागुन २०८१
कञ्चनपुर: कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले कृष्णपुर ७ विद्यालय को ३ कोठे भवनको शिलान्यास का साथै नवनिर्मित भवनको उद्घाटन गरेका छन्

एक समारोहबीच नगरप्रमुख ओझाले कञ्चन मावि विद्यालय भवनको ३ काेठे भवन सहित २ वटा ट्वाइलेट को शिलान्यास र ४३ लाखमा निर्माण सप्पन्न भएको भवनको उद्घाटन गरेका हुन्

उक्त भवन बिलडवन नेपाल र कृष्णपुर नगरपालिकाको साझेदारीमा ४३ लाखको लगानीमा बनेको थियोे
संघ सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा ६४ लाख रुपैयाँको लागतमा निर्माण हुने विद्यालय भवनको शिलान्यास गर्दै नगरप्रमुख ओझाले कन्चन माबिले शैक्षिक क्षेत्रमा समेत उल्लेखनीय प्रगति गरेको र आगामी दिनमा समेत शैक्षिक गुणस्तरमा ध्यान दिएर बिध्यार्थिको भबिस्य उज्ज्वल बनाउन महत्त्वपूर्ण योगदान दिने बिश्वास ब्यक्त गर्नुभयो


नगर प्रमुख ओझाले विद्यालयलाई चाहिने अन्य भौतिक पूर्वाधारमा पनि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

पुरानो भवन जीर्ण भइसकेको र भवनको अभावमा पठनपाठन प्रभावित भइरहेको अवस्थामा विद्यालय भवनको शिलान्यास गरिएको हो । चार कोठे एक तले भवनको निर्माण सम्पन्न भएपछि विद्यालयमा कक्षा कोठाको अभाव नहुने विद्यालय व्यवस्थापन अध्यक्ष हरि गैरालले जानकारी गराए ।

विद्यालय भवन शिलान्यास कार्यक्रममा नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, वडाध्यक्ष घुम्न राना, समाजसेवी बुद्धिजीवी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो।

कञ्चन मावि गुणस्तरमा सुधारसँगै नमुना बन्दै छ। प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण केही वर्षयता व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएकाे छ। जसको परिणाम अभिभावकमा यस् विद्यालयप्रतिको सोच बदलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply