९ फागुन २०८१
कञ्चनपुर – नेपाल राष्ट्रिय शिक्षक संगठन कृषणपुर नगर समितिको तेस्रो नगर अधिवेशन शुक्रबार कृष्णपुर ५ हरियाली सामुदायिक वनको सभा हलमा सम्पन्न भएको छ ।
अधिवेशनले दिपक भट्टको अध्यक्षतामा ९ सदस्यीय नगर समिति चयन गरेको छ । जसको उपाध्यक्षमा नन्दलाल जाेशी, महिला उपाध्यक्षमा शारदा विक, सचिव चेतराम लावड,सहसचिव अम्मरा जोशी,कोषाध्यक्ष चन्द्रा बोहरा,
सहकोषाध्यक्ष मोहन पन्त सहित अन्य सदस्यहरु चयन भएका छन् ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय कमिटी प्रतिनिधि भवानी चन्दको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्दले शिक्षा क्षेत्रको सुधारको लागि राज्यले शिक्षामा लगानी बढाउनुका साथै शिक्षकका सेवा सुविधालाई आकर्षक बनाउँदै पेशागत समस्याहरुलाई समाधान गर्नुपर्ने बताउनु भयो । थप बोल्दै उहाँले राज्यले ज्ञानको ज्योती छर्ने शिक्षकहरुको बौद्धिकता र श्रमको सम्मान गर्दै देशमा समयानुकूल, वैज्ञानिक, व्यवहारिक र रोजगारमूलक शिक्षामा जोड दिन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले सुदूरपश्चिम प्रदेश समिति सदस्य भान बहादुर चन्द, कृष्णपुर नगरपालिकाका पुर्व मेयर कर्ण बहादुर हमल,लगायत अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुर जिल्ला कमिटी उपाध्यक्ष भिम दत्त भट्ट, लगायतले मन्तव्य सहित नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रममा नव निर्वाचित समितिका अध्यक्ष दिपक दत्त भट्टले समितिको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दै सर्वसम्मत निर्वाचित गराउने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका भुतपुर्व सुदूरपश्चिम प्रदेश प्रतिनिधि तथा श्री विणा मावि कृष्णपुर ८ कञ्चनपुर का हालै सेवा निम्त शिक्षक बासुदेव जाेशीलाई सम्मान सहित सम्मानपत्र दिइएको थियोे । जाेशीले स्वागत सहित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कृष्णपुर नगर समितिका अध्यक्ष दिपक राज भट्टको अध्यक्षता रहेको उक्त कार्यक्रममा कृष्ण भट्टको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन लक्ष्मी दत्त पन्तले गर्नुभएको थियो ।