महेन्द्रनगरमा क्रिकेट खेलाडी ऐरी सम्मानित

फागुन १३ धनगढी
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरी सम्मानित भएका छन । सोमबार उनको गृह जिल्ला समेत रहेको कञ्चनपुरमा ऐरीलाई सम्मानित गरिएको हो ।

ऐरीलाई रथमा महेन्द्रनगर बजार परिक्रममा गराइएको थियो । त्यसपश्चात सोमबारदेखी महेन्द्रनगरमा सुरु भएको १६औ सुदूरपश्चिम प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहमा ऐरीलाई नगद रु. ५१ हजार सहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो ।

महोत्सवको उद्घाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ऐरीलाई सम्मानित गरेका थिए । महोत्सवको आयोजक उद्योग वाणिज्य सङ्घले गरेको सम्मानले थप प्रोत्साहन मिलेको ऐरीले बताए ।

नेपालका ‘ब्याटिङ अलराउण्डर’ ऐरीले विश्वक्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका छन् । ऐरीले सन् २०२३ सेप्टेम्बर २७ मा चीनको हाङ्गजाउमा एसियन गेमअन्तर्गत मङ्गोलियाविरुद्ध टी–२० आई खेलमा सर्वाधिक छिटो नौ बलमा अर्धशतक प्रहार गरेर कीर्तिमान राखेका हुन् ।

त्यसअघि भारतीय पूर्वक्रिकेटर युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतकको कीर्तिमान बनाएका थिए । सिंहले बनाएको उक्त कीर्तिमानलाई ऐरीले तोडिदिएका हुन् ।

साथै अन्तरराष्ट्रिय क्रिकेटमा एक ओभरमा छ छक्का हान्ने खेलाडीको सूचीमा समेत ऐरीको नाम छ । दीपेन्द्रले १३ अप्रिल २०२४ मा एसिसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा छ छक्का हानेर अर्को ‘रेकर्ड’ बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply