पेनाल्टी शुटआउटमा समीर टेन्ट हाउस विजयी

हेमा भट्ट
कन्चनपुर – कृष्णपुर नगरपालिका वडा नम्बर ९ सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा नाइट शुट पेनाल्टी शिव मन्दिर संरक्षणकाे आयोजना सप्पन्न भएको छ।
नाइटशुट पेनाल्टी मा आयोजक समिर डिजे टेन्ट हाउस प्रथम भएर २० हजार नगद प्राप्त गरेको छ। भने रैकवार खबर राष्ट्रिय दैनिकको टिम दोस्रो भएर १० हजार रुपैयाँ प्राप्त गर्न सफल भएको छ।
आयोजक शिव मन्दिर संरक्षण समितिका सचिव राधेश्याम रानाले पेनाल्टी शुट आउट गर्नुको उदेश्य शिव मन्दिर संरक्षणकाे मेला प्रभावकारी बनाउनका साथसाथै मनोरंजन, खेलाडी को क्षमता अभिवृद्धि गर्ने रहेकोमा आफुहरु सफल भएको बताउनुभयो ४० वटा टिमले सहभागिता रहेकोे आयोजकका सचिव राधेश्याम रानाले बताउनुभयो। प्रतियोगिता २०८१ फागुन १३ गते साँझ ६ बजेदेखि शुरु भएको र प्रत्येक टिम बाट ६ जना खेलाडी ले सहभागिता जनाएका थिए भने इन्ट्रि फिस १८ सय रहेको थियो।
महा शिवरात्रीको पावन अवसरमा मिति २०८१ फागुन १३ गते पिपरिया शिव मन्दिर द्वारा आयोजित खुला पेलान्टी सुट आउट प्रतियोगिता भब्य र सभ्यताका साथ सम्पन्न भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply