फागुन १५ धनगढी
भीनपा–१९ उल्टाखाम बागफाँटा, स्थित लक्ष्मी माध्यमिक विद्यालयले आफ्नो ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । कक्षा नर्सरी देखि १२ सम्म पढाई हुने लक्ष्मी मा.वि.मा नेपाली तथा अग्रेजी दुवै माध्यममा पढाई हुने गर्दछ ।
विद्यार्थी संख्या ६००को हाराहारीमा रहेको विद्यालयमा २७ जना शिक्षक रहेका छन् जसमा १४ जना निजी श्रोत र १३ जना सरकारी शिक्षक÷शिक्षिका रहेका छन् । सामुदायिक विद्यालयमा पढाईका साथै विद्यार्थीमा अनुशासन नुहने भन्दै अभिभावकहरुको रुचि घटिरहेको बेला लक्ष्मी माध्यमिक विद्यालयमा प्रत्येक वर्ष विद्यार्थीको चाप बढ्दै गएको प्रधानाध्यापक परमानन्द नाथले
बताए ।
विद्यालयको ४२ औं वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रमका साथै विभिन्न प्रकारका झाँकी प्रस्ुतत गरेका थिए भने विद्यार्थीहरुले आफुले निर्माण गरेको विभिन्न सामग्रीको सार्थ शैक्षिक प्रर्दशन गरेका थिए । विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक परमानन्द नाथले प्रस्तुत गर्नु भएको थियो ।
विहीबार सम्पन्न भएको वार्षिकोत्सव तथा अभिभावक दिवसको सभापत्तिव विद्यालय व्यवस्थापनका अध्यक्ष दशरथ भण्डारीले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सभासद प्रदेश सरकार पुर्ब आर्थिक मामिला मन्त्री एवं माननीय प्रकाश रावलको प्रमुख आतिथ्य एक कार्यक्रमका बिच सम्पन्न उक्त कार्यक्रम विशिष्ट अतिथि भिमदत्त नगरपालिका मेयर पदम बोकटी, निवर्तमान मेयर सुरेन्द्र बिस्ट, नगर उप प्रमुख निलम लेखक जोशी उपस्थिति रहेको थियो ।