हेमा भट्ट
१८ फागुन २०८१
कञ्चनपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शुक्लाफाँटा नगरपालिकाका सहिद, बेपत्ताका परिवार, पूर्व जनमुक्ति सेना, कम्युनिष्ट आन्दोलनमा सहयोग पु¥याउनेहरुलाई सम्मान गरेको छ ।
माओवादी केन्द्रको शुक्लाफाँटा नगर कमिटीका अध्यक्ष नरेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज टेकेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए। आइतबार शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ३ मा आयोजित जनक्रान्तिका महान् शहिद तथा बेपत्ता योद्धा परिवार समाज नेपालको नगर अधिवेशन तथा ४७ जना शहिद परिवारजनलाई सम्मान गरिएको छ।
शुक्लाफाँटा नगरपालिका -३ काे कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नगर कमिटिको आयोजनामा ३०औं सहिद आयोजित कार्यक्रममा आबद्ध भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको महाअभियानको क्रममा सहादत प्राप्त गरेका, बेपत्ताका परिवार, पूर्व जनमुक्ति सेना र कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पु¥याउने ४७ जना जनयुद्धका सहिद परिवार तथा वेपत्ता परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको नगर कमिटी अध्यक्ष तथा वडा नम्बर ३ का अध्यक्ष नरेन्द्र बखरियाले जानकारी दिनुभयो पार्टीका केन्द्रीय सदस्य एवं कञ्चनपुर जिल्ला इन्चार्ज टेकेन्द्र भट्ट जिल्ला संयोजक खेमराज पाण्डेले उहाँहरुलाई सम्मान गरेका थिए ।
सरकारले समेत राष्ट्रिय शहिदका रूपमा लिएका जनयुद्धका शहीद परिवारजनलाई शहिद सप्ताहका अवसरमा सम्मान गरिएको शुक्लाफाँटा नगर सचिव दीपकराज भट्टले बताउनुभयो। माओवादी जनयुद्धका क्रममा सहिद तथा बेपत्ताजनले पुर्याएको अतुलनीय योगदानका कारण गणतन्त्र स्थापना भएको अथौत देशमा परिवर्तन सम्भव भएको स्मरण गर्दै सहिद परिवारलाई सम्मान गरिँदै आएको माओवादीले जनाएको छ । माओवादीले फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताहको रूपमा मनाउँदै आएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला इन्चार्ज टेकेन्द्र भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रत्मक व्यवस्था ल्याउन आफ्नो प्राण उत्सर्ग गर्ने महान शहिदहरुप्रति हार्दिक श्रद्धा सुमनसहित परिवारजनलाई सम्मान व्यक्त गरेका छन्। उनले सहिदहरूको बाटोलाई बिर्सन नहुने र शहिदहरुले गरेको त्याग र बलिदानीलाई खेर जान नदिने पनि बताउनुभयो ।
सम्मानित हुने शुक्लाफाँटा नगर पालिका भित्रका शहिदहरूमा सृजना कुमारी चौधरी, चेचुवा चौधरी, फुलमती चौधरी, लहानु चौधरी, मोहन सिंह डगौरा, संगीता कुमारी चौधरी, पुरन चौधरी, धनबहादुर चौधरी, छेदुलाल चौधरी, जगतराम चौधरी, ललता प्रसाद चौधरी, बिन्तीराम चौधरी, शंकर चौधरी, कल्लु बढायक, करन चौधरी, जीवन दमाई, राजेन्द्र भट्ट, तीर्थराज चौधरी, रामप्रसाद चौधरी, प्रमिला कुमारी चौधरी, रविन्द्र साउद, दलबहादुर चौधरी, राजकुमार थारु, कल्पना ठगुन्ना, अनिता कुमारी चौधरी, लक्ष्मण चौधरी, सुन्दर चौधरी, सन्तोषी चौधरी, जानकी धानुक, अमरसिंह बोहरा, वीरबहादुर बोहरा, महालक्ष्मी चौधरी, श्रीराम बडायक, धर्मानन्द पन्त, सरद अवस्थी, रातो कुमारी चौधरी, सावित्री चौधरी, नरेन्द्र सिंह जागरी, राजेन्द्र लुहार, सुन्तली डगौरा, लक्ष्मण सिंह ढाँट, सुन्दरलाल चौधरी, मधुकुमारी चौधरी, रामकृष्ण चौधरी, प्रकाश चौधरी र सिताराम चौधरी रहेका छन् ।
शहिद तथा बेपत्ता योद्धा परिवार समाज नेपालको शुक्लाफाँटा नगर अध्यक्षमा रामबहादुर डगौरा चयन भएका छन् । उपाध्यक्षमा मेनका ढाँट, सचिवमा वीरेन्द्र चौधरी, सहसचिवमा रूप सिंह चौधरी र कोषाध्यक्ष चन्द्रकला दमाई सहित ११ सदस्य कार्यसमिति चयन गरिएको छ।