फागुन १९ धनगढी
आइतबार १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कैलालीका १३ पालिकाले सहभागिता जनाउँदा २४ स्वर्ण पदक सहित घोडाघोडी नगरपालिका पहिलो भएको छ । गत वर्ष २२ स्वर्ण पदक सहित दोस्रो भएको घोडाघोडीले यस वर्ष पदक सङ्ख्या बढाउँदै पहिलो स्थान हासिल गरेको हो ।
घोडाघोडी मै आयोजना भएको प्रतियोगितामा घरेलु मैदानको फाइदा उठाउँदै घोडाघोडीले गत वर्षको उपाधि विजेता धनगढीलाई पछार्न सफल भयो । घोडाघोडी नगरपालिकाले २५ स्वर्ण सहित १४ रजत र २० कांस्य गरी जम्मा ५९ पदक प्राप्त गर्यो ।
गत वर्ष ३० स्वर्ण प्राप्त गरेको धनगढी उपमहानगरपालिकाको टिम भने २४ स्वर्ण पदकमा सीमित हुन पुग्यो । धनगढीले गत वर्ष ३० स्वर्ण, ६ रजत र ९ कांस्य गरी ४५ जितेकोमा यो पटक २४ स्वर्ण, ९ रजत र ५ कांस्य गरी ३८ पदक मात्रै जितेको छ ।
यता गत वर्ष पनि तेस्रो स्थान हासिल गरेको गोदावरी नगरपालिका भने पुरानै नतिजा दोह¥याएको छ । स्वर्ण पदकको सङ्ख्यामा सुधार गरेको गोदावरीले कुल पदक भने गत वर्षकै बराबरी जितेको छ ।
गत वर्षको १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५ स्वर्ण, २४ रजत र १० कांस्य गरी ३९ पदक सहित तेस्रो भएको गोदावरीले यस वर्ष १२ स्वर्ण, १५ रजत र १२ कांस्य गरी ३९ पदकसहित तेस्रो नै भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा गौरीगंगा नगरपालिकाले २९, लम्किचुहा नगरपालिकाले १३,टिकापुर नगरपालिकाले २२, मोहन्याल गाउँपालिकाले ६, जानकी गाउँपालिकाले ३, चुरे गाउँपालिकाले ३, बर्दगोरीया गाउँपालिकाले ३, भजनी नगरपालिकाले १ पदक जितेका छन् भने कैलारी गाउँपालिका पदक विहीन भएको छ ।
गत वर्ष प्रतियोगितामा सहभागी गौरीगंगा नगरपालिकाले १७, टिकापुर नगरपालिकाले १६, मोहन्याल गाउँपालिकाले १०, लम्किचुहा नगरपालिकाले ८, जानकी गाँउपालिकाले ७ जोशिपुर गाउँपालिकाले ६, चुरे गाँउपालिकाले ३, बर्दगोरीया गाउँपालिकाले २, कैलारी गाँउपालिकाले २ र भजनी नगरपालिकाले २ पदक जितेका थिए ।