धनगढीबाट लागू औषध र खुकुरी सहित ३ जना पक्राउ

फागुन १९ धनगढी
कैलालीको धनगढीबाट लागू औषध र खुकुरी सहित ३ जना पक्राउ परेका छन् ।

आइतबार धनगढी उपमहानगरपालिका – १२ घले चोकबाट स्थानीय २८ को किशोर जोशी, धनगढी उपमहानगरपालिका – १० का ३५ वर्षीय जगदीश राना र धनगढी उपमहानगरपालिका – ९ का २८ वर्षीय भीम नाथ योगी पक्राउ परेका हुन ।
उनीहरूको साथबाट २६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र १ थान खुकुरी बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply