सिंगापुर र मलेसियाविरूद्ध खेल्ने नेपालको प्रारम्भिक टोलीमा ३० खेलाडी

फागुन २० धनगढी
नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियाली कप छनोट खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक टोलीमा स्थान दिएका छन्।

नेपालले मार्च २१ मा सिंगापुरमा सिंगापुरसँग खेल्नेछ। त्यसपछि मार्च २५ मा मलेसिया विरुद्धको छनोट खेल हुनेछ।

एक वर्षको कार्यकालका लागि आइतबार नियुक्त भएपछि रसको जिम्मेवारीमा यी पहिलो खेलहरू हुनेछन्।

प्रारम्भिक टोली

गोलकिपरः किरणकुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अन्जल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ, अशोक खवास

मिडफिल्डरः लकेन लिम्बू, रोहन कार्की, मणी लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिशरत्न छुन्जु

फरवार्डः जिलेस्पीजंग कार्की, अन्जन विष्ट, समिर तामाङ, दिनेश हेन्जन, सुवास ठकुरी बम, निरजन धामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply