फागुन २१ धनगढी
कञ्चनपुरको सिद्धनाथ माविमा तालाबन्दी गरिएको छ । शुक्लाफाँटा नगरपालिका–८ मा रहेको उक्त विद्यालयका शिक्षकहरूले लामो समयदेखि तलब नपाएको भन्दै प्रशासनमा तालाबन्दी गरेका हुन । बुधवार विद्यालयमा कार्यरत शिक्षहरुले विद्यालयको प्रशासनिक भवनमा तालाबन्दी गरेका थिए ।
निजी स्रोतका शिक्षकहरूले तलब नपाएको भन्दै विद्यालय प्रशासनमा तालाबन्दी गरेको शिक्षक गोविन्द ढाँटले बताए । उनका अनुसार विद्यालयमा कार्यरत ४ जना शिक्षकले ४÷५ महिनादेखि तलब पाएका छैन ।
तलब नपाएको विषयमा विद्यालय प्रशासन र निजी स्रोतका शिक्षकहरूबिच छलफल भइरहेको प्रधानाध्यापक राजेन्द्र पाण्डेयले बताए । साभार अत्तरिया अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
