२३ फागुन २०८१
फागुन धनगढी: कृष्णपुर नगरपालिका ९ राजघाट माेहना पुल आज फागुन २३ गते दिउँसो २ बजेदेखि २५ घण्टा का लागि बन्द गरेको छ । सडक स्तरोन्नतिका लागि फागुन २३ गतेदिउँसो २ बजेदेखि फागुन २४ गते दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिएको हो ।
कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायरले कालोपत्र गर्ने काम भइरहेकाले माटो भरान कार्य सुरु भएकोले आवतजावत पूरै बन्द गरिएको जानकारी दिए ।
आवतजावत सवारी चालक तथा यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनेको छ । सो कामका लागि सहजीकरण गरिदिन वडा कार्यालयको अनुरोध समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1