WWF तथा मोहना लालझाडी बन समन्वय समिति द्वारा सीता सामुदायिक वनको अनुगमन

फागुन २३ धनगढी
सिता सामुदायिक बन उपभोक्ता समुहमा तराइ भु परिधि कार्यक्रम ताल कोहलपुर र सिएससि मोहना कैलालीले सामुदायिक बन संरक्षण र ब्यवस्थापन को बारेमा अनुगमन गरेको छ ।

सामुदायिक बनमा परियोजना ले लगानी गरेको रकमको सदुपयोग भयोकि भएन र ब्यवस्थापन कस्तो छ यसबारे अनुगमन गरिएको थियो

कार्यक्रम मा WWF फिनल्यान्ड कि टानिया, WWF नेपाल का अनन्त भण्डारी तराइ भु परिधि कार्यक्रम tal कोहलपुर का प्रबन्धक राम किशोर यादव , सहायक प्रबन्धक राजेन्द्र लगायतको टाेलिले अनुगमन गरेको हो ।

टाेलिले सिता सामुदायिक बनको झाडि सरसफाइ , कालापानी खोल्सि ब्यवस्थापन , बैज्ञानिक बन ब्यवस्थापन अन्त्रगत पुनर उत्पादन क्षेत्रको झाडि सरसफाइ लगायतको अनुगमन गरिएको थियो ।
सिता सामुदायिक बन का अध्यक्ष ले गर्मिको मौसम मा आगलागी भएर बन सम्पदा नस्ट हुनुका साथै चराचुरुङ्गी , जनावर समेत सङ्कट मा पर्ने हुनाले सामुदायिक बनको क्षेत्रमा र रास्ट्रिय बनको क्षेत्रमा आगलागी नियन्त्रण गर्न विशेष जोड दिने बताउनुभयो ।

विभिन्न भौगोलिक प्रदेशमा रहेका संरक्षण क्षेत्र, राष्ट्रिय निकुन्जमा वन्यजन्तु, वासस्थान, गस्ती, अनुगमन, चोरीशिकारी नियन्त्रण सँगै अनुसन्धानमा नयाँ प्रविधि भित्र्याउने कार्य गर्दै आइरहेको छ। संस्थाले नेपालको संरक्षण कार्यलाई विश्व सञ्जालमा पुर्‍याउने कार्यमा सहयोगीको भूमिका खेल्दै आएको छ ।

सीता सामुदायिक वन दीर्घकालीन रणनीति का साथ निरन्तर रूपमा अगाडि बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply