फागुन २४ धनगढी
नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ। क्यानले शनिबार पुरुष, महिला, यू-१९ र यू-१६ को कार्यक्रम सार्वजनिक गरेको हो।
क्यानको क्यालेन्डरअनुसार पुरुष क्रिकेट टोली निकै व्यस्त छ। जसमा पुरुषको १२ महिना घरेलु कार्यतालिका छ। यस्तै आगामी महिनाबाट सुरु हुने अन्तर्राष्ट्रिय कार्यक्रममा १२ वटा समावेश छन्।
क्यानले यो वर्ष टी-२० विश्वकप छनोट र आइसिसी लिग-२ को कार्यक्रमलाई केन्द्रीत गरेको छ।
महिलाको पनि टी-२० विश्वकप छनोटसहित विभिन्न सिरिज खेल्ने कार्यक्रम सार्वजनिक गरिएको छ।
पुरुष घरेलु प्रतियोगिता
-जय ट्रफी पुरुष एलिट कप
-पिएम कप जिल्ला र प्रदेश
-पिएम कप
– राष्ट्रिय टी-२० च्याम्पियनसिप
-दसौं राष्ट्रिय खेलकुद
-नेपाल ए टिम सिरिज
-नेपाल ए टिम सिरिज
-कोचिङ र क्युरेटर्स कोर्ष
-अम्पायरिङ कोर्ष
-एनपिएल मिनी अक्सन
– नेपाल ए टिम टुर (भारत/बंगलादेश)
– प्रदेश स्तरीय प्रतियोगिताहरू
-नेपाल प्रिमियर लिग
– महानगरपालिका कप
पुरुष अन्तर्राष्ट्रिय
हङकङ सिरिज (अप्रिल ९-१३- हङकङ, नेपाल, कतार, नामिबिया)
विश्वकप लिग-२ अघि युके भ्रमण (मे १५-३०)
आइसिसी विश्वकप लिग-२ (आयोजक स्टकल्यान्ड, नेपाल र नेदरल्यान्ड्स- जुन २-१२)
स्कटल्याण्डविरुद्ध नेपाल टी-२० सिरिज
टी-२० विश्वकप छनोटको तयारी (श्रीलंका)
भारतका विभिन्न स्थानमा पकेट क्याम्प
अस्ट्रेलियाको नेपाल भ्रमण (टी-२० विश्वकप छनोट तयारी)
टी-२० तयारीका लागि स्थायी सदस्यसँग सिरिज (युएई)
विश्वकप छनोट (अक्टोबर १-१७,ओमान)
यूएईमा विश्वकप लिग-२ (युएई, अमेरिका,नेपाल- अक्टोबर २३-नोभेम्बर ४)
हङकङ सुपर सिक्सेस (नोभेम्बर पहिलो साता)
ओमानसँग दुई खेलको एकदिवसीय सिरिज,नेपालमा ओमान र युएईसँग आइसिसी विश्वकप लिग-२ र ओमानसँग तीन खेलको टी-२० सिरिज (डिसेम्बर २०२५)
महिला घरेलु
प्रधानमन्त्री कप
दसौं राष्ट्रिय खेलकुद
महिला एलिट कप-५० ओभर
पोखरा वा भैरहवामा क्याम्प
महिला अन्तर्राष्ट्रिय
नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसँग सिरिज
दुई साताको बन्द प्रशिक्षण
युगान्डामा चार देशीय सिरिज
भुटानको नेपाल भ्रमण
महिला टी-२० विश्वकप छनोट-थाइल्यान्ड
महिला इमर्जिङ टिम्स एसिया कप – थाइल्यान्ड
नेपाल टी-२० सिरिज- नेपाल, मलेसिया र युएई
श्रीलंकाको नेपाल भ्रमण (प्रस्तावित)
नेपालमा युगान्डा, युएई र नेदरल्यान्ड्सको सिरिज