युवालाई गाउँमा नै राख्न युवा क्लब गठन

२४ फागुन २०८१
कञ्चनपुर – युवालाई गाउँमा नै राख्न युवा क्लब गठन भएको छ। कञ्चनपुर युवालाई गाउँमा नै उद्देश्यका साथ युवा एकता अभियान क्लब गठन भएको छ । युवाहरू गाउँ छोडेर शहर पस्ने र बिदेशीने समस्या न्यूनिकरण गर्न साथै गाउँमा युवा शक्ति निर्माण गरि खेलकुद, कला, शिक्षा, समाजिक विकास र गाउँको विकासमा भुमिका खेल्ने उदेश्यका साथ क्लब गठन भएको छ ।

कृ्ष्णपुर ९ राजघाट लुकेको गाउँका संस्थापक क्लबका इन्द्र देव बाेहराले क्लबले गाउँका लागि काम गर्ने बताए । जिल्ला कैलाली धनगढी उपमहानगरपालिका संग जाेडीयकाे जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका ९ राजघाट अहिले पनि विकासबाट टाढै रहेको अवस्थामा क्लबको स्थापना हुनुले आगामी दिनमा युवाहरू माझ आशाको संचार सृजना हुने बाेहराले बताए ।

नवगठित युवा क्लबमा १३ कार्यसमिति सदस्य रहेका छन् । क्लबको अध्यक्षमा इन्द्र देव बाेहरा, उपाध्यक्षामा मनाेज भाट, सचिव सागर चौधर सहसचिव रोहित अवस्थी काेषाध्क्षय धनबहादुर बिष्ट सह काेषाध्यक्षय दिपेश जनाल सदस्य अनिस अवश्थी, जगदीश चौधरी,नवीन जाेशी,जाेगेन्द्र राना, वीर बहादुर स्याडा, विवेक चौधरी, गणेश महरा चुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply