मन्त्र हस्पिटलले निशुल्क दन्त शिविर सञ्चालन गर्दै

हेमा भट्ट
फागुन २५ धनगढी
भिमदत्त नगरपालिका अवस्थित
मन्त्र हस्पिटल एन्ड रिसर्च प्रा लि ले निशुल्क दन्त शिविर सञ्चालन गर्दै छ । मन्त्र हस्पिटल एन्ड रिसर्च प्रा लि ले निशुल्क ओपिडि सेवा स्वस्थ्य दाँत उज्यालो दाँत भन्ने नाराका साथ शुरु गरेको छ ।

फागुन २५ गतेदेखि चैत्र अन्तिम सम्म ओपिडि सेवा मा निशुल्क दाँत सम्बन्धि सेवा लिन सकिने बताइएको छ । दाँतको सामान्य जाँच , मौखिक स्वस्थ्य परामर्श ,दाँत सम्बन्धि रोगहरुको प्रारम्भिक मुल्यांकन ,गिजा समस्या तथा मुख सम्बन्धि परामर्श ,दाँत सम्बन्धि बालबालिका लाइ निशुल्क परामर्श लगायतका सेवा प्रदान गरिने छ

डा पुजा पन्त बिडि एस , डेन्टल सर्जन द्वारा उक्त अबधिमा सेवा प्रदान गरिने मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टर ले जनाएको छ ।
अन्य सेवामा मुख तथा बंगरा रोग विशेषज्ञ डा दिपक ठकुराठि, अर्थो डा माेना खड्का प्रोस्थोडेटिस्ट डा सुदिप सुबेदि द्वारा सेवा प्रदान गरिदै आएको छ। यस शिविरमा सहभागि भई आफ्नो दाँत, मुख र गिजा सँग सम्बन्धित उपचार तथा चेक अपको लाभ लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply