फागुन २६ धनगढी
माओवादीका विभाजित प्रदेश सभा सदस्यहरूले आइतबार पहिलो पटक सामूहिक छलफल गरेका छन्। बहुमतले खगराज भट्टलाई दलको नेताबाट हटाएपछि विभाजनमा रहेका सांसदहरू प्रदेश संसदीय दलको कार्यालयमा भेला भएका थिए।
दलका नेता मानबहादुर धामीको आह्वानमा भएको अनौपचारिक छलफलमा, सांसदहरूले पार्टीभित्रको विवादलाई समाधान गर्न सहमतिको माध्यम खोज्नुपर्नेमा जोड दिए। प्रदेश सभा सदस्य ओमबिक्रम भाटले छलफलले संवादहीनता अन्त्य गर्दै विवाद समाधानको सुरुवात गरेको बताए।
खगराज भट्टलाई दलको नेता बनाउँदा पार्टीका अन्य नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषय छलफलको केन्द्रमा रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1