गोठमा आगलागी हुँदा तीन लाखको क्षति

फागुन २६ धनगढी
कैलालीको एक गोठमा आगलागी हुँदा तीन लाखको क्षति भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–१२ शिवपुर बस्ने खुकुरी चौधरीको गोठमा नजिकै बालेको आगोबाट आइतबार आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा काठ, भुसा, मोटरसाइकल लगायतका सामान गरी अन्दाजी मुल्य तिन लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply