गेटामा अर्को वर्षदेखि चिकित्सा शिक्षाको पढाई हुनुपर्ने एमालेको माग

फागुन २६ धनगढी
नेकपा एमाले सुदूरपश्चिमले गेटामा अर्को आर्थिक वर्ष देखि चिकित्सा शिक्षाको पढाई हुनुपर्ने माग गरेको छ । आईतबार धनगढी आएका प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पार्टीका सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्ट र प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन ।
एमालेले प्रधानमन्त्री ओलीलाई चारबुँदे मागपत्र बुझाउदै भनेको छ ‘विश्वविद्यालयका पदाधिकारीको नियुक्ति, दरबन्दी सिर्जना र पदपूर्ति गरी आगामी सत्रबाटै स्नातक तहको चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गराउन माग गर्दछौं ।’

ज्ञापनपत्रमा विश्वविद्यालय विधेयक छिटो पास गराउन पनि माग गरिएको छ । ‘राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विश्वविद्यालय विधेयकलाई प्राथमिकताका साथ यथाशीघ्र टुंग्याई संसद्बाट पारित गराउन पहल गरिदिन अनुरोध गर्दछौं’ ज्ञापनपत्रमा भनिएको छ ।

एमालेले अबिलम्ब तीन सय शैयाको अस्पताल स्तनोन्ती र उपकरणहरुको समेत माग गरेको छ ।

‘विश्वविद्यालयको पूर्वाधारको रूपमा सञ्चालनमा रहेको गेटा अस्पताललाई तत्काल तीन सय शैयामा स्तरोन्नति गरी आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्न माग गर्दछौं’ ज्ञापनपत्रमा उल्लेख छ ।

गेटा अस्पताल अहिले निर्देशकविहीन भएको छ । यसअघि सरकारले नियुक्त गरेका निर्देशक डा. अशोक श्रीपाईलीले राजीनामा दिएका छन भने सरकारले नयाँ निर्देशक पठाएको छैन । जस कारण अस्पतालको उपकरण खरिद, खरिद भएका उपकरणहरुको भुक्तानी जस्ता थुप्रै कामहरु अलपत्र परेका छन ।
‘गेटा अस्पतालको नेतृत्वविहीनताको अवस्था अन्त्य गर्न तत्काल अस्पतालको निर्देशक सहितका पदाधिकारी नियुक्त गरी बजेट परिचालन, पारिश्रमिक भुक्तानी र सर्वसाधारणको सेवासुविधा सहज रूपमा उपलब्ध गराउन सकिने वातावरण निर्माण गरिदिन अनुरोध गर्दछौं’ ज्ञापनपत्रमा उल्लेख छ ।

गेटामा ७ अर्वका संरचना बनिसकेका छन भने सरकारले घोषणा गरेको एक सय शैयाको अस्पताल पनि अहिले ५० शैयामा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply