मन्त्र हस्पिटल र नेशनल लघुबित्त बित्तिय संस्थाबीच सेवा सहकार्य सम्झौता

हेमा भट्ट २७ फागुन २०८१
मन्त्र हस्पिटल रिसर्च सेन्टर प्रा लि र नेशनल लघुबित्त बित्तिय संस्था लिमिटेड अनुगमन कार्यालय अत्तरिया बिच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर कार्यक्रम सप्पन्न भएको छ
नेशनल लघुबित्त का कर्मचारी , लघुबित्त का ग्राहक सदस्य र एकाघर परिवार का सदस्यहरुलाइ उपचारमा बिभिन्न शिर्षकमा छुट दिने सम्बन्धि लघुबित्तका अनुगमन अधिकृत अमरेश कुमार कुशहवा र मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टरका निर्देशक डा गोबिन्द रोकाया बिच एक कार्यक्रमका बिच सम्झौता भएको हो

जस अन्त्रगत ओपिडि इआर टिकेट मा २५ प्रतिशत , क्याबिन चार्जमा २० प्रतिशत , पोस्ट ओपि मा २० प्रतिशत ,आइसियु , एन आइसियु , र आइपि डि मा १५प्रतिशत छुट हुनेछ
त्यसैगरि अप्रेशन मा ७ देखि १० प्रतिशत , ल्याब टेश्ट मा १० प्रतिशत , युएसजि , इसिजि , इको ,इन्डाेस्कोपि , एनपिएल मा १० प्रतिशत र औसधि मा १० प्रतिशत छुट हुने बताइएको छ
अनुगमन अधिकृत कुशहवाले लघुबित्त मा आवद्ध कर्मचारी , ग्राहक र एकाघर परिवारका सदस्य लाइ उपचारमा सहज होस भनेर नैतिक र सामाजिक उत्तरदायित्व अन्त्रगत लघुबित्त ले मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टर महेन्द्रनगर सङ्ग सम्झौता गरेको बताउनुभयो। साथमा स्वास्थप्रति जागरुक नागरिकहरुकालागि भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु प्रदान गर्दै आइरहेको अवगत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply