फागुन २८ धनगढी
१८ दिनदेखि हराइरहेका एक जना पुरूषको शव शिवपुरी जंगलमा फेला परेको छ।
फागुन १० गते बिहान करिब ९ बजे तारकेश्वर नगरपालिका ६ धर्मस्थलीस्थित घरबाट हराइरहेका ५८ वर्षीय कान्छा महर्जनको शव बुधबार शिवपुरी जंगलमा फेला परेको प्रहरीले जनाएको छ।
तारकेश्वर नगरपालिका ३ तीनपिप्ले पाँचमानेस्थित शिवपुरी जंगलमा शव फेला परेको हो। उनको मृत्युको कारण नखुलेको पनि प्रहरीको भनाइ छ।
शव पोस्टमर्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1