प्रतिपक्षीका मागका सन्दर्भमा सरकार गैरजिम्मेवार बन्यो : सांसद ओमबिक्रम भाट

फागुन २८ धनगढी ।
पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका सांसद ओमबिक्रम भाट ‘सरल’ले प्रदेश सभामा देखिएको गतिरोध अन्त्य गर्ने सन्दर्भमा प्रदेश सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएको आरोप लगाएका छन् । धनगढीमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले प्रतिपक्षी दलले उठाएका जनसरोकारका विषयप्रति सरकारले व्यवास्ता गरेको बताए

‘हामी प्रतिपक्षी दलबीच छलफल भएर सडकमा उठिरहेका जनताका मागप्रति सरकार उत्तरदायी हुनुप¥यो, कर्मचारीका माग पुरा हुनु प¥यो भनेर भनिरहेका छौँ । आज पनि संसद स्थगित भयो’ उनले भने, ‘तर सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएको छ । मुख्यमन्त्री र सत्तापक्षले प्रतिपक्षका माग नसुन्ने, वार्ताको टेबुलमै बस्न नचाहने गैरजिम्मेवारी

व्यवहार देखाएको छ । यसले प्रदेशको समस्या समाधान गर्न सक्दैन ।
सांसद भाटले प्रतिपक्षले उठाएका जनसरोकारका विषय र बजेट कार्यान्वयनका विषय सरकारले सम्बोधन नगर्दासम्म विरोधमा सदनमा आफ्नो मत राख्ने बताए । प्रदेश नीति तथा योजना आयोगमा सदस्य थप्ने तथा मुख्यमन्त्रीले आफ्नो सल्लाहकार नियुक्त गरेर सरकारले फजुल खर्च बढाएको भन्दै प्रतिपक्षी दलहरुले सदनमा विरोध जनाइरहेका छन् । 

प्रतिपक्षी दलको विरोधका कारण मंगलबार र बुधबार प्रदेश सभा बैठक अवरुद्ध भएको छ । ‘सरकार आजका दिनसम्म पनि वार्ता गर्न तयार छैन, दुई तिहाइको घमण्ड देखाएर, दुई तिहाइको बलमा जे पनि गर्न सकिन्छ भन्ने भ्रममा सरकार छ’ सांसद भाटले भने, ‘त्यो भ्रम छिट्टै अन्त्य हुने छ ।’ सरकार गतिविधिले प्रतिगामीलाई बल पु¥याइरहेको उनले आरोप लगाए । वार्ता र छलफलका माध्यमबाट समस्या समाधान गर्नतिर लाग्न पनि उनले सरकारलाई आग्रह गरे ।

सरकारले एकातिर खर्च घटाउने, मितव्ययिता अपनाउने भन्ने, अर्कोतिर नीति आयोगमा भएभरका मान्छे नियुक्त गर्ने । केन्द्रबाट भीआइपी आउँदा चढ्ने गाडी सत्तापक्षको नेतालाई दिने’ सांसद भाटले भने, ‘सरकार अहिलेसम्म विवाद र गलत कामका लागि मात्र चर्चा आएको छ । अहिलेसम्म एउटा पनि सकारात्मक काम गर्न सकेको छैन ।’

प्रदेश सरकारले बजेट खर्चसमेत गर्न नसकेको उनले बताए । प्रदेशमा अहिलेसम्म ९.२७ प्रतिशतमात्र बजेट कार्यान्वयन भएको उनले जानकारी दिए । सांसद भाटले स्पेकमा मिलेमतो गरेर उपकरणहरु खरिद गर्ने तयारी भइरहेको कुरा पनि बाहिर आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply