रैकवार खबर २९फागुन २०८१
कञ्चनपुर- कृष्णपुर नगरपालिका ९ राजघाट अछामी टाेल निवासी ४० बर्षिय महिला तुली आउजी विहान छिट्टै उठ्ने हतारो हुन्छ । चिसो मौसम हाे या गर्मी चाडै उठेर घरको काम गर्दै उहाँको हतारो हो दिउँसो १२ बजेपछि बेच्ने चटपटको सरसामान तयार पार्न बिहान छिट्टै उठेर चना उसिन्ने र अन्य मरमसला तयार पार्ने काम गर्नुहुन्छ। दिउँसो भएपछि सुरु हुन्छ उहाँको व्यापार ।
उनी भन्छन् तर मलाई साइकल चलाउन नै आउदैन डाेर्याउदै लैजानुपर्छ भन्छन् तुली आउजीले चटपट बेच्न थालेको ३ बर्ष भयो । चटपटेका ग्राहकले जसरी स्वाद लिन्छन्, उहाँको कमाइ पनि त्यस्तै स्वादको छ। कागजको सोलीमा चटपट राख्दै तुली आउजीले सुनाउनुभयो, ‘एक दिनमा केही नभएपनि १५ सय रुपैंया आम्दानी हुन्छ ।’ उहाँको कुराले थाहा हुन्छ, चटपट बेचेर पनि महिनामा २५/३० हजार रुपैंया मजाले मासिक कमाउन सकिन्छ । हजार रुपैंयाको लगानीमा चटपट बेच्न थालेकी आउजी । दुई छाक टार्न शुरु गरेको चटपटको व्यापारले आउजी लाई रोजगार त बनायो नै । परिवार पनि यसैले चलेको बताउँछन् ।
उनलेे भनिन् चटपट बेच्दै गर्दा अन्य देश बिदेश जाँदाको दुःख सम्झिनुभयो, त्यही दुःखबाट देशमै केही गर्नुपर्ने रैछ काम त सानो ठूलो हुँदैन रैछ भन्ने पाठ सिकेकि आउजी आफनै ठाउँ राजघाट, घाेडाघाट, पिपरियामा चटपट बेच्दा धेरै सन्तुष्ट हुनुहुन्छ । आउजीले दिनभरको बिक्री टुङगो हुँदैन । कहिले हजार १५ सय त कहिले दुईहजार, २५ सय रुपैंयासम्म । त्यसबाट दिनको १ हजार बचत त कतै जाँदैन । ७ जनाको परिवार चटपट बेचेरै चलाइरहेकी आउजीले छोराछोरीको पढाई खर्च पुर्याएर बचत पनि गरिरहनुभएको छ ।
छिमेकी महिला घरधन्दामा सीमित हुँदा तुली आउजीले साइकलको पाइडल मार्न आउदैन तैपनि टाढासम्म साइकल डाेर्याउदै चटपट बेच्न पुग्नुहुन्छ । यसरी साइकल डाेर्याउदै चटपट बेच्ने तुली एक्लो महिला भएको स्थानीयको भनाइ छ । गाउँमा मिहिनेती महिलाको पहिचान बनाउनुभएकी तुली आउजी यसलाई आम्दानीको प्रमुख स्रोत बनाउनुभएको छ । उहाँ दैनिक साइकल डाेर्याउनु हुन्छ । दिउँसो घरबाट निस्केपछि गाउँ,विद्यालय मेलामाबेच्न जानुहुन्छ ।
महिनाको २५/३० हजार रुपैंया कमाउनकै लागि बैदेशिक जाने संख्या बढिरहेका बेला चटपट ब्यवसाय गरेर जीविकोपार्जन गर्ने संख्या थपिंदैछ । अहिले बाटोका छेउमा अनि विद्यालयका चौर छेउमा ठेलामा चटपट बेच्थे । तर चटपटको व्यापारबाट झटपटको कमाइ हुने देखेपछि चटपटको व्यापार गर्ने महिला,युवाको सङख्या हिजोआज बढिरहेको बताउँछन् ।चटपटेमै संभावना देखेकी तुली आउजीको एउटै मान्यता छ।अर्काको देशमा गएर पसिना बगाउनु भन्दा त
यहि व्यवसाय नै जाति ।’
स्थानीय सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी ले तुली आउजी एक मिहिनेती महिला भएको बताउनुभयो । उहाँले भन्नुभो, “यस्तो मिहिनेती महिला थोरै भेटिन्छन् । दिनभर परिश्रम गरेर छोराछोरीको पालनपोषण गरेकि छन् । छोराछोरी पढाएकि छन् ।” राज्यले यस्ता साना व्यापारीलाई व्यवस्थित र सुरक्षित गर्नसके उहाँजस्तै अन्य बेरोजगार महिला साना व्यवसायबाट धेरै आम्दानी लिन सकिने उहाँले बताउनुभयो । उहाँले बर्सेनी सीप तथा रोजगारमूलक काममा करोडौं रकम खर्च भए पनि यस्तो मिहिनेत गरेर जीविकोपार्जन गर्ने वर्गसम्म उक्त रकम पुग्न नसकेको सुनाउनुभयो ।