रानाथारु समाजको होरी मिलन

धनगढी । रानाथारु समाजको होरी मिलन कार्यक्रम सम्धपन्न भएको छ।

धनगढी ७,देबहरीयामा होली मिलन कार्यक्रम उल्लासका साथ सम्पन्न भएको हो।

रानाथारु समाजका सदस्यहरूको बिशेष उत्सव होरीको अवसरमा आपसी सद्भाव र सामाजिक एकता प्रकट गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।

निसर्ग हस्पिटलको मुख्य प्रायोजनमा भएको कार्यक्रममा सुदूपश्चिम प्रदेशकी निति तथा योजना आयोगकी उपाध्यक्ष माननीय डा जीवन राना प्रमुख अतिथि थिइन। कार्यक्रममा विशिष्ट अतिथको रूपमा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तको सहभागिता थियो।

कार्यक्रममा प्रमुख अतिथि रानाले भनिन,’समाजमा आपसी सद्भाव, समृद्धि र सहयोगको भावना स्थापित गर्न यस्ता सांस्कृतिक कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने र रानाथारु समाजको होरी मिलन कार्यक्रमले यही उद्देश्यलाई प्रगाढ बनाएको छ।’

निसर्ग हस्पिटलका अध्यक्ष पन्तले होरीको शुभकामना दिंदै यस पर्वले विशेषतः रानाथारु समुदायको सांस्कृतिक महत्त्व झल्काउने गरेको बताए।

अध्यक्ष पन्तले भने,’यो रंग र खुशीको पर्वमा म रानाथारू समुदायमा थप समृद्धि, प्रेम, आपसी एकता र मेलमिलापको कामना गर्छु।’

रानाथारू समुदायले सदियौंदेखि यो पर्व यसरी नै मनाउँदै आएकोमा उनले बधाई समेत दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply