चैत ३ धनगढी
कैलालीको चुरे गाउँपालिकाका विभिन्न स्थानमा आइतबार विहान परेको भारी असिनापानीले व्यापक क्षति पु¥याएको छ । लामो खडेरीले सुकेका गहुँबालीमा आइतबार विहान परेको भारी असिनाले भर्खर फूल÷फल लागेको सुन्तला, मौसम, कागतीलगायत फलफूल खेतीमा नराम्रो असर गरेको हो ।
आइतबार विहान चुरे गाउँपालिका–१ स्थित पखिर, निंगाली, पालडी, आजेना, अलाड, घरखेडा लागयत अन्य क्षेत्रमा परेको भारी असिनापानीले गहुँबाली, सुन्तलासमेत फलफूल खेती र तरकारी खेतीमा व्यापक क्षति पु¥याएको अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य टेकबहादुर वमले जानकारी दिए ।
पछिल्लो पटक चुरे गाउँपालिकाका स्थानीय किसान सुन्तला खेतीबाट मनग्य आम्दानी लिँदै आएका थिए । व्यावसायिक रुपमा सुन्तला लगायत अन्य फलफुल तथा तरकारी खेती गर्दै आएका त्यहाँका किसान असिनापानीले व्यापक क्षति पुर्याएपछि चितिन्त बनेको वमले बताए ।
आज एक्कासी भारी असिनापानी प¥यो र हिउँदभरिको खडेरीले सुकेको गहुँबालीमा ७० प्रतिशत बढी क्षति पुगेको बताउँदै उनले फलफूलका भर्खर लागेका फूल÷फल पुरै झारेको बताए ।
चुरे गाउँपालिकाको कृषि शाखाले दिएको तथ्यांक अनुसार किसानले यो वर्ष रु। १२ करोडको सुन्तला विक्री गरेका छन् । सो गाउँपालिकाको वडा नं। १ मा मात्रै रु। ६ करोडको सुन्तला विक्री भएको जनाइएको छ ।
