चैत ४ धनगढी
धनगढी विमानस्थलबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन ।
धनगढी विमानस्थलबाट वुद्ध एयरको उडानमार्फत काठमाडौँ जाँदै गरेका कञ्चनपुरको वेदकोट नगरपालिका–८ बस्ने २१ वर्षीय भवन नाथलाई लागू औषध सहित पक्राउ गरिएको हो ।
उनको साथबाट ६ ग्राम ७ सय मिलिग्राम लागुऔषध चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
