अपाङ्गता भएका महिलाहरूको ‘फेसन सो’ धनगढीमा सुरु गरिने

चैत ६ धनगढी
धनगढीमा अपाङ्गता भएका महिलाहरूको सहभागितामा ‘फेसन सो’ कार्यक्रमको आयोजना गरिने भएको छ । साइनिङ् होम पोखराले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको सहकार्यमा सुदूरपश्चिममै पहिलो पटक ‘फेसन सो’ आयोजना गर्न लागेको हो ।

‘सँगै हिडौं, सँगै काम गरौँ, सँगै अघि बढौँ’ भन्ने मुल नाराका साथ अपाङ्गता भएका महिलाहरूका लागि क्षमता उजागर गर्न फेसन सो को आयोजना गर्न लागिएको बुधवार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै साइनिङ होम पोखराकी अध्यक्ष आसिका चन्दले बताइन् ।

राज्यबाटै पछाडि परेका अपाङ्गता भएका महिलाहरूलाई अघि ल्याउन फेसन सो आयोजना गरिएको हो’ उनले भनिन् ‘साङ्लो जस्तै हाम्रा पनि इच्छ्या छन् । हाम्रा पनि राम्रो लुगा लगाउने चाहना छ भन्ने सन्देश दिन सो आयोजना गरेका हौ ।’ सो मा १५ जना महिलाको सहभागिता रहने उनले बताए । उनले यस्तो कार्यक्रममा काठमाण्डौं पोखरामा ३ पटक आयोजना गरिए पनि सुदूरपश्चिममा पहिलो पटक आयोजना गर्न लागिएको बताइन् । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका अध्यक्ष मान बहादुर साउँदले सुदूरपश्चिममा ७० हजार बढी अपाङ्गता भएका महिला भए पनि ती घरभित्रै गुम्सिएर रहेको बताए । ‘प्रतिभा भएर पनि घर भित्र गुम्सिएर रहेका महिलालाई बाहिर ल्याउन फेसन सो आयोजना गरिएको हो’ उनले भने ‘अहिले नेपालमा अपाङ्गता भएका महिलाहरू पनि मोडलिङमा छन् । त्यस्ता महिला यस क्षेत्रमा पनि हुन सक्छन् । तिनको प्रतिभा बाहिर ल्याउन यो कार्यक्रमले भूमिका खेल्छ ।’ फेसन सो चैत ८ गते शुभम् होटेलको सभा हलमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यता उद्घाटन गरिने आयोजकले जनाएको छ ।
शारीरिक कमजोर भएका (अपाङ्गता भएका) व्यक्तिलाई राज्यले विशेष सामाजिक एवं समावेशी गरि । सामाजिक नियमको परिधिमा रही प्रत्येक मानव समुदाय आफ्नो चेतना अनुरुप प्रत्येक व्यक्तिको सामाजिक चाहना आफ्नो प्रतिष्ठा एवं इज्जतका साथ बाँच्न पाउनु पर्छ ।

आवश्यकता महसुस हुनु जुन ढंगले अपा·ता भएका व्यक्तिले अपा·ताकेा अप्ठ्यारो अवस्थालाई सहर्ष स्वीकारेका छन्। त्यसै अनुरुप जीवन चुनौतीपूर्ण र कष्टकर छ। राज्यद्वारा उनीहरूको जीवनमा न्यायोचित अवसरका बारेमा नीतिगत रुपमा बोल्नु आवश्यक छ। अनिमात्र उनीहरूले आफ्नो चाहना सम्बोधन भएको महसुस गर्न सक्छन्। अधिकारका सवालमा सरोकारवाला संघ, संस्थाबाट सानातिना पहल नभएका पनि होइनन्। तर सोचे अनुरुपको प्रभावकारिता पाउन सकिएको छैन। तर हालसम्मको लगानी अनुरुपमा उपलब्धि आकासको फलजस्तै भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply