दोधारा चाँदनी प्रहरीको आधारभूत तालिम तथा प्रशिक्षण सुरु

चैत ८ धनगढी
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको अनुरोधमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरमा नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ् । विहिवार एक औपचारिक कार्यक्रमका साथ तालिम तथा प्रशिक्षण सुरु गरेको हो ।

दोधारा चाँदनी नगरपालिकका छनौट भएका १५ जना नगर प्रहरीलाई तालिम तथा प्रशिक्षण प्रदान गरिन लागिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रबक्ता हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाले चालु आर्थिक वर्षमा नगर प्रहरी गठन सम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याएको नगरप्रबक्ता हरिसिंह धनाडीले बताउनुभयो । आफुहरु निर्वाचित भई आएपछि नगरको समस्यालाई पहिचान स्वरुप नगर प्रहरी भर्ना कार्यान्वयमा लिएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरमा संचालित दोधारा चाँदनी नगरपालिकाको ‘नगर प्रहरी आधारभुत तालिम प्रथम प्रवचन कार्यक्रम’ मा बोल्दै नगर प्रबक्ता हरिसिंह धनाडीले न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा, विपद् व्यवस्थापन सम्बन्धी खोज, उद्वार, राहत तथा पुन:स्थापना, अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण लगाएत कार्यमा नगर प्रहरी परिचालन गर्न सकिने बताउनुभएको छ् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरमा सञ्चालन भएको ४५ दिने नगर प्रहरीहरुलाई नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षणमा दक्ष जनशक्ती उत्पादन हुने र नगरको बिकासमा सघाउ पुग्ने नगरप्रबक्ता बिश्वास लिनुभएको छ्।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरमा आयोजित नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षणको पहिलो प्रवचन कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका गणपती तथा सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्र देव भट्टले तालिम पश्चात दक्ष जनशक्ती तयार हुने बताउनुभएको छ् ।

अहिले आएर नगर प्रहरी स्थानिय स्तरमा ठुलो जिम्मेवारी रहदै आएको हुदा दक्ष प्रशक्षिकबाट तालिम दिन लागिएको गणपती तथा सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्र देव भट्टले बताउनुभयो । नगर प्रहरीको काम कर्तव्य र अधिकार भित्र परेका कार्यहरु सहज रुपमा गर्नका लागि सैद्धान्तिक ज्ञानका साथै अभ्यासको पनि आवश्यक पर्ने भएकाले सोही अनुसारका कुराहरु ४५ दिनको अवधीमा प्रशिक्षण गरि देशभक्त नागरिक बनाईने गणपती तथा सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्र देव भट्टले बताउनुभयो ।

तालिममा स्थानीय सरकारमा नगर प्रहरीको भूमिका, काम कर्तव्य र अधिकार, सहरी व्यवस्थापन तथा निर्णय कार्यान्वयनका कानुनी, प्रशासनिक तथा प्राविधिक पक्ष लगाएत विषयमा आधारभूत ज्ञान दिइने गणपती भट्टको भनाई रहेको छ् ।

नगर प्रहरीलाई शारीरिक र सैद्धान्तिक गरी २ प्रकारका तालिम उहाँले बताउनुभयो । नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउन तालिमको जिम्मेवारी सशस्त्र प्रहरीलाई सुम्पेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply