चैत ११ धनगढी
कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले १० लाखबढीको भन्सार छलीको सामान बरामद गरेको छ ।
आईतबार साँझ कैलालीको धनगढी ७ बेली मिलन सामुदायिक बन नजिक, १० जुगेडा कटान सिमलघाट, भजनी ५ नयाँबस्ती र कैलारी ६ धर्मपुरबाट मूल्य रु.१,७६,७००। बराबरको प्याज, बिडी, सुर्ती, माछा, सिद्रा माछा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । त्यस्तै कञ्चनपुर भिमदत्त ११ भुजेला भाईरल रोड र बेलौरी १ फटैयाबाट मूल्य रु।८,८२,४००।–सामान प्रहरीले बरामद गरेको हो ।
ति स्थानबाट सो मुल्य बराबरको पेय पदार्थ, कुरकुरे, चस्मा, मोबाईल डिस्प्ले, ग्लास, चार्जर, हाउजिङ्ग, ब्याक पाईनल, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरिएको जनाएको छ ।
