धनगढीमा ट्यांकरको ठक्करबाट गोदावरीकी युवतीको मृत्यु

चैत ११ धनगढी
कैलालीको धनगढीमा ट्यांकरले ठक्कर दिँदा गोदावरीकी एक युवतीको मृत्यु भएको छ । आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सुपप्र ०१००१ प २२११ नम्बरको ट्यांकरले साइकल यात्री गोदावरी नगरपालिका – ८ बस्ने २१ वर्षीया पार्वती खड्कालाई ठक्कर दिएको थियो ।

ट्यांकरको ठक्करबाट घाइते भएकी खड्काको सोमबार बिहान उपचारका क्रममा धनगढीकै माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले ट्याङकर र चालक कञ्चनपुरको वेदकोट नगरपालिका–१ बस्ने ४९ वर्षीय प्रकाशदत्त भट्टलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply