सुदुरपश्चिमका ३ जिल्लाबाट ७ लाख बढीको भन्सार छलीका सामान बरामद

चैत १२ धनगढी

सुदुरपश्चिमका ३ जिल्लाबाट प्रहरीले भन्सार छलीका ७ लाख ८८ हजार ४७० मुल्यका सामान बरामद गरेको छ । कैलालीमा ४,७३,८१०, कञ्चनपुरमा,१,३४,६६० र दार्चुलाबाट रु १,८०,०००। मुल्यका सामान प्रहरीले बरामद गरेको हो ।

प्रहरीहरुले सो स्थानहरुबाट प्याज, चिनी, बिडी, सुर्ती, नरिवल, मसला, कारबन तेल, मटर, क्याण्डी, केक पाउडर, स्टिल तथा प्लाष्टिकका भाँडा वर्तन, बदाम, पेय पदार्थ, ब्याट्री, मोटर पाईप, ग्रिस वायल, प्लाष्टिक झिल्ली, सिद्रा माछा, कस्मेटिक लगायतका सामानहरु जिल्ला
प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएका प्रहरी गस्ती टोलीले बरामद गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply