क्रियाशील पत्रकारले खेलेको होलीबाट संकलित रकम कञ्चनपुरका बिरामी र घाईते पत्रकारलाई आर्थिक सहयोग

चैत १४ धनगढी
कञ्चनपुरका क्रियाशिल पत्रकारहरुले होलीको पर्वको अवसरमा बिरामी र दुर्घटनामा परेका पत्रकारहरुलाई आर्थिक सहयोग गरेका छन्। लामो समयदेखि बिरामी रहेका पत्रकार डिल्लीराज पन्त, सुजित रमेश सिनाल र मोटरसाईकल दुर्घटनामा परेका पत्रकार माधव पौडेल, कृष्णदत्त जोशीलाई आर्थिक सहयोग गरिएको हो।

क्रियाशिल पत्रकारहरुले आफ्ना सहकर्मीहरुलाई संकटको समयमा सहयोग गर्न आवश्यक ठानेर, उपचारका लागि आर्थिक सहयोग गरेका छन्। चारै जना पत्रकारलाई नगद ५ हजार १ सय रुपैयाँका दरले सहयोग प्रदान गरिएको छ।

कञ्चनपुरका क्रियाशिल पत्रकारका सदस्य भाष्कर केसीले बताए अनुसार, पत्रकारहरू २४ घण्टा जनताको सेवा गर्दै आएका छन् र उनीहरूको संकटमा उनीहरूले सक्दो सहयोग गर्ने परम्परा बनाएको छ।

होलीको समयमा गरिएको यो सहयोग भनेको सामाजिक उत्तरदायित्वको एक उदाहरण मात्र हो। यसअघि पनि क्रियाशिल पत्रकारहरुले होली खेलेर अनाथालयमा सहयोग गरेका थिए।

रकम हस्तान्तरण कार्यक्रमको क्रममा क्रियाशिल पत्रकार होली समूहका अगुवा राजेन्द्र विष्ट, भाष्कर केसी, प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुण प्रशाद भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका कोषाध्यक्ष मोहन विष्ट, पत्रकार पहिलाद राना, बिमल धामी, धनसिह धामी, रमेश कार्की लगायतको उपस्थिति रहेको थियो।

सम्पूर्ण सहयोग र समर्थनका लागि चारै जना पत्रकारले क्रियाशिल पत्रकारहरूप्रति आभार व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply