चैत १५ धनगढी
कैलाली र कंञ्चनपुरका केही स्थानबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।
धनगढी ३ मिलन चोक, गोदावरी ४ हनुमान मन्दिर , टीकापुर ७ सक्ति स्थित सडक खण्डबाट भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१५,१५०।– बराबरको सामान प्रहरीले बरामद गरेको छ ।
त्यस्तै कंञ्चनपुरको भिमदत्त १७ बाँसखेडा र बेलौरी ७ पौलाहबाट मूल्य रु.९३,४००।–सामान बरामद गरेको हो ।
सो स्थानबाट चिनी, पास्ता, चप्पल, अटो पाट्स सामग्री, मोबिल, चस्मा, ब्रेक बायर, ब्रेक चोक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय र कंञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएर बरामद गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1