चैत १५ धनगढी
कञ्चनपुरमा भिड नियन्त्रण (व्यवस्थापन) सम्बन्धी अध्यास गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रुपमा सो अभ्यास गरेका हुन ।
शुक्रबार बिहान भीमदत्त नगरपालिकाको खुला मञ्चमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी बल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरले संयुक्त रुपमा आयोजना गर्दै भीड नियन्त्रण सम्बन्धी डेमो अभ्यास सञ्चालन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेल रहेका थिए । उक्त अभ्यास जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी र सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टको उपस्थितिमा गरिएको थियो ।
भिड नियन्त्रण तथा आपत्कालीन परिस्थितिमा दुवै सुरक्षा निकायको समन्वयात्मक क्षमताको परीक्षण तथा सुधार गर्ने उद्देश्यले आयोजित अभ्यासमा नेपाल प्रहरीका ३५ जना र सशस्त्र प्रहरी बलका ३५ जना गरी ७० जनाको सहभागिता रहेको थियो ।