धनगढीमा सञ्चालित सिप तथा रोजगार मेला सम्पन्न

चैत १५ धनगढी
धनगढीमा सञ्चालित सिप तथा रोजगार मेला सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा फागुन ८ गते सुरु भएको मेला आज सम्पन्न भएको हो ।

धनगगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले मेलाको समापन गरेकि हुन् । समापन कार्यक्रममा बोल्दै उप प्रमुख रानाले यो मेलाबाट तालिम लिएकाहरुको क्षमता अभिबृद्धी मात्रै नभएर आत्मबिश्वास समेत बढेको बताइन् ।

धनगढी उपमहानगरपालिकाले प्रदेशका नौवटै जिल्लाका एक हजार ४० युवालाई आठवटा विधामा तालिम दिएको छ ।

तालिममा सहभागिताका लागि प्रदेशभरिबाट चार हजार ८ सय ३० जनाले आवेदन दिएका थिए । त्यसमध्ये एक हजार ४० जनालाई छनोट गरेर तालिम दिइएको नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका प्रदेश अध्यक्ष प्रमोद पाठकले जानकारी दिए ।

महासंघको प्राविधिक सहयोग तथा धनगढी उपमहानगरको आयोजनामा सिप तथा रोजगार मेला आयोजना गरिएको हो ।

रोजगारीका अवसर पाउनका लागि दक्ष जनशक्ति तयार गर्ने, युवाहरूलाई दक्ष बनाई उद्यमी बन्न र स्टार्टअप व्यवसायका लागि उत्प्रेरित गर्ने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए ।

अटोमोबाइल, इलेक्ट्रोनिक, पेन्टिङ, मेकानिकल, निर्माण, आथित्य–सत्कार, सौन्दर्य, लेखा व्यवस्थापन, सूचना प्रविधि, आर्ट एन्ड क्राफ्ट डिजाइनिङ, पुरोहित, प्लम्बिङ, वाइरिङ, मन्टेश्वरी लगायत विधामा सहभागी युवाहरूलाई निःशुल्क रूपमा सिप सिकाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply