सहमतिको प्रयास असफल भएपछि प्रेस सेन्टर नेपालमा निर्वाचन प्रक्रिया सुरु

चैत १७ धनगढी
सहमतिको प्रयास असफल भएपछि प्रेस सेन्टर नेपालमा निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रिया अन्तरगत आइतबार मध्याह्नदेखि मनोनयन सुरु भएको हो ।

राजधानीमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व सहमतिमै टुङ्ग्याउने प्रयास भएपनि आकाङ्क्षीहरूले अडान नछाड्दा निर्वाचनबाटै नेतृत्व चयन गर्न लागिएको हो । यसअघि बहुसंख्यक प्रतिनिधिले चुनावको माग गरेका थिए ।

एक प्रतिनिधिका अनुसार विशेषगरी अध्यक्ष र महासचिव पदमा सहमति जुट्न नसक्दा निर्वाचनमै जान लागिएको हो ।

अध्यक्षमा कमल गिरी र दीपेन्द्र रावलले आ–आफ्नो पेस गरेका छन् ।

प्रेस सेन्टरको पाँचौँ अधिवेशन शनिवारदेखि राजधानीमा सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply