तराईका दुई जिल्लामा बसोबास गर्ने रानाथारुले चराइँ पर्व मनाए

१८ चैत्र २०८१
हेमा भट्ट
कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारु समुदायले साेमबार चराइँ मनाइरहेका छन् । चराइँको दिन रानाथारु समुदायका महिलाहरू निराहार व्रत बसेर गाउँको भुइँया मन्दिरमा अथवा बागबगियामा जम्मा हुने र झाँक्री वा गुरुवाले मध्यान्हदेखि अपराह्नसम्म भगवतीको पूजापाठ र हवन गर्ने चलन रहेको छ । समाजमा रोग व्याधि, महामारी लगायत भूतप्रेतको प्रभाव न्यूनीकरणका लागि भगवतीको पूजा अर्चना गर्ने र पूजाको प्रसाद लिएपछि महिलाहरूले वनभाेज जस्तै गरी मिठामिठा खानाका परिकार पकाउने खाने नाचगान गरी रमाइलो गर्ने राना समुदायका अगुवा बताउछन् । विभिन्न मौलिक सांस्कृतिक कार्यक्रम गरी चराइँ पर्व मनाउने गरिन्छ।रानाथारु समुदायले भगीरथ लीला समेत गाउने गरेको पाइन्छ । रानाथारु समुदायका महिलाहरूले यस दिन होरीका गीतहरू समेत गाउने र होरीको औपचारिक बिदाइ गर्ने प्रचलन रहेको पिपरिया निवासी मुलि रानाको भनाइ छ । पूजापाठ र नाचगान गरी घर फर्किनु भन्दा अगाडि पधना वा भलमन्साको हातबाट पानीको छिटा छर्किने प्रचलन रहेको छ । चराइँ तीन किसिमका हुन्छन् । चैत की चराइँ, वैशाखकी चराइँ र जेठमा पर्ने भजनी चराइँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply