गणेश क्षेत्री /
चैत १८ धनगढी
टीकापुर नगरपालिका वडान ७ स्थित पदम प्रकाशेस्वर मन्दिरमा रास्ट्रिय सुचना आयोग का आयुक्त गगन बिष्ट लगायतको टाेलिले मन्दिरको दर्शन गरेका छन् ।
प्राचिन मन्दिर , पुर्ब तर्फ फर्केको बिस्वको दुर्लभ शिबलिङ्ग भएको मन्दिरको निकै चर्चा सुनेको ले दर्शन गर्न आएको र आफुलाइ पनि मन्दिर को दर्शनले अलौकिक अनुभुति भएको आयुक्त गगन बिष्ट ले बताउनुभयो ।
मन्दिरको लागि हुनसक्ने सक्दोसहयोग आफ्नो तहबाट गर्ने बिष्टको भनाइ थियो ।
आयुक्त बिष्ट संग सचिब दिर्घराज मैनालि , उपसचिब देबेन्द्र कार्कि, शाखा अधिकृत दिनेश लुइँटेल , लेखापाल बिस्णु बहादुर खड्का , सिताराम खड्का र रमेश खड्का लगायत को टाेलि ले मन्दिर को दर्शन गरेका थिए ।
साखा अधिकृत दिनेश लुइँटेल ले ऐतिहासिक धरोहर बोकेको मन्दिर यो क्षेत्रमा हुनु सौभाग्यको भएको र सबै मिलेर संरक्षण गर्नुपर्ने बताउनुभयो ।
भगवान परशुराम ले स्थापना गर्नुभएको दुर्लभ शिबलिङ्ग अवस्थित मन्दिर लाई बिक्रम सम्बत १९६५ मा रानि पदमावतिले जिर्णोद्वार गर्नुभएको मन्दिर पुरातात्त्विक हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ
परापुर्ब कालमा कैलाश को द्वार को रुपमा मानिएको यस मन्दिरमा पुजापाठ गरेर मात्रै जाने गरिएको किबदन्ति रहेको छ
नेपाल सरकार को राजगुठि लगतमा दर्ता भएको ले पनि मन्दिर को ऐतिहासिकता झाल्किने मन्दिर ब्यवस्थापन का अध्यक्ष बिदुरलाल कायस्थ ले बताउनुभयो
मन्दिरमा विशेष शक्ति भएको र स्वच्छ तरिकाले भाकल गरेमा मनोकामना पुर्ण हुनेभएको ले नेपाल लगायत भारत बाट समेत मन्दिर को दर्शनार्थ भक्तजनहरु आउने गर्दछन