चैत १९ धनगढी
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबाट २ प्यानल सहित उम्मेदवारी परेका छन् । सोमबार स्ववियुको नयाँ नेतृत्व चयनका लागि संयुक्त अखिल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्यानल सहित उम्मेदवारी दर्ता गरेका हुन ।
५ विद्यार्थी संगठन मिलेर बनेको संयुक्त अखिल प्यानलबाट स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका बम बहादुर विकले उम्मेदवार दर्ता गराएका छन् । सचिवमा अनेरास्ववियुका गणेश नाथ योगीले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुकै दीपिका भट्टले उम्मेदवारी दर्ता गराएकी छन् ।
उक्त प्यानलमा समाजवादी, वैद्य, विप्लव, अखिल छैटौँका उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन् । सदस्यमा नीरज मडै, डम्मरी ओली, भागरथी खड्का, कमला कुमारी दर्लामी, सोहित खनाल, धिरज बोगटी र सावित्री कामी रहेका छन् ।
यस्तै नेविसंघबाट सभापतिमा भुवन महराले उम्मेदवारी दर्ता गरेका छन् । सचिवमा ज्योति शाहु र कोषाध्यक्षमा सोनिया शाहले उम्मेदवार दिएकी छन् । सदस्यमा बिपना कुँवर, विष्णु नेगी, तारा कुमारी भट्टराई, रोजिना खड्का, गोविन्द सिंह महरा, महेन्द्र खत्री, विवेक डगौरा र कल्पना साउँद रहेका छन् ।
सभापतिका उम्मेदवार भुवन यसअघिको निर्वाचनबाट स्ववियु सभापति निर्वाचन भएका थिए भने बम पनि यसअघि सचिवमा निर्वाचित भएका थिए ।
दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा हाल १ हजार १२८ जना मतदाता रहेका छन् । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत चैत २७ गते स्ववियु निर्वाचन हुँदै छ ।