चैत १९ धनगढी
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेविसङ्घका दीपकराज जोशी विजयी भएका छन ।
दार्चुलाका जोशी सोमबार भएको चुनावमा प्रतिस्पर्धी उम्मेदवारसँग ८ मतले विजयी भएका हुन । जोशीले ७ सय ८९ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरे । यस्तै अखिल क्रान्तिकारीका प्रविन दाहालले ७ सय २७ मत तथा स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ५ सय १७ र पद्मा भुसालले १६६ मत प्राप्त गर्नु भएको छ ।
स्ववियुका अरु पदाधिकारीमा भने अनेरास्वियुका उम्मेदवार विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित भएका छ्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1