बैतडीमा नेपाली कागजको उत्पादन बन्द

चैत २० धनगढी
स्थानीय स्तरमा उत्पादन भएको कागज बिक्रि नहुँदा बैतडीमा कागजको उत्पादन बन्द भएको छ । जिल्लामै स्थानीय बनमा उपलब्ध लोक्ताको बोटबाट तयार गरिएको नेपाली कागज उत्पादन बिक्रि वितरण नहुँदा उत्पादन बन्द भएको हो ।

दार्चुलामा भएका कार्यालयले लेटरप्याड, चिठीपत्र राख्ने खामलगायतका लागि प्रयोग नगर्दा उत्पादन बन्द भएको हो । सिगास गाउँपालिका–९, चौखामस्थित जालहाल्ला नेपाली हातेकागज उद्योगले दैनिक १५ देखि २० कोरी हातेकागज उत्पादन गर्न सक्छ । एक कोरीमा २० वटा कागज हुन्छन् । जापानी प्रविधिबाट उत्पादित कागज जिल्लाका सरकारी तथा गैरसरकारी निकायले खरिद गर्ने चासो नदेखाउँदा उत्पादन बन्द गर्नु परेको ८० वर्षीय सञ्चालक वीरबहादुर चन्दले बताए ।

कागज बिक्री नभएपछि उद्योगमा सात क्विन्टल कच्चा पदार्थ थन्किएको छ । नेपाली कागज बनाउन प्रयोग हुने लोक्ताका बोटले वन क्षेत्र भरिभराउ छ । कागज उत्पादनका लागि राजस्व तिरेर सङ्कलन गरिएको कच्चा पदार्थ थन्किँदा निराश बन्नु परेको उद्यमीले गुनासो गरेका छन् ।

उद्योगका सञ्चालक चन्दले २०७० सालमा गाउँमै नेपाली कागज उद्योग सञ्चालन गरेका थिए । कोरोना सङ्क्रमण सुरु हुनुअघि काठमाडौँसम्म बिक्री हुँदै आएकोमा पछिल्लो समय व्यापारीसँग सम्पर्क नभएको उनले बताए । सुरुवाती दिनमा ढुङ्गामै लोक्ता थिचेर नेपाली कागज बनाउन सुरु गरेका चन्दले जापानी प्रविधि सिकेपछि कागजको गुणस्तर राम्रो भए पनि बजार नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply