कैलालीबाट २ ग्राम ४६० मिलिग्राम लागु औषध सहित ४ जना पक्राउ

चैत २१ धनगढी
कैलाली प्रहरीले २ ग्राम ४६० मिलिग्राम खैरो हिरोइन सहित बुधबार ४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटी गएको टोलीले धनगढी उप-महानगरपालिका–४ मा रहेको चन्द्र दिप बोग्टान होटलमा शंका लागेपछि अछाम मंगलसेन–५ बस्ने १७ वर्षीय भुवन आउजी र १८ वर्षीय डम्बर आउजीलाई जाँच गर्दा १ ग्राम २४० मिलिग्राम खैरो हिरोइन फेला परेको छ।

त्यसैगरी, वडा प्रहरी कार्यालय धनगढी र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी–६ जंगल रिसोर्ट नजिक २६ वर्षीय आशाराम चौधरी र २९ वर्षीय दिल बहादुर चौधरीलाई जाँच गर्दा १ ग्राम २२० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।

चारै जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply