टीकापुर ७ सत्तिमा बैशाख ११ देखि हुने महायज्ञ को पुर्ण तयारी

गणेश क्षेत्री / चैत २४ धनगढी
रामजानकी मन्दिर टीकापुर ७ सत्तिमा हुने श्रीनद भागवत सप्ताह महायज्ञ को तयारी पुरा भएको आयोजक ले प्रेस सम्मेलनमा बताएका छन्
बैशाख ११ देखि १७ गतेसम्म हुने महायज्ञ मा मुल समिति ५ जनाको , उपसमिति प्रचारप्रसार २५ जना , कलस समिति मा २९ जना र स्वयंसेवक ५५ जना र उपसमिति १०१ को समिति गठन गरिएको मुल आयोजक का अध्यक्ष लोक बहादुर बुढा क्षेत्री ले बताउनुभयो ।

१ हजार २ सय गौ माताको बासस्थान चारा को साथै रामजानकी मन्दिर मा हनुमान को मुर्ति स्थापना को लागि गर्न लागिएको महायज्ञ मा मानबता भएका धार्मिक मनले भरिपुर्ण भएका सबैले सहयोग गरेर सफल पारिदिन अध्यक्ष ले आग्रह गर्नुभयो ।

चर्चित कथाबाचिका तथा एसियाको सानो उमेरको कथाबाचिका को सम्मान पाउनुभएकि भवानिदेबि उपाध्यायको मुखार बृन्द बाट हुने महायज्ञ मा उत्साहजनक सहभागिता हुने रामजानकी मन्दिर का अध्यक्ष तथा महायज्ञ का सचिब महेश रावल ले बताउनुभयो ।

महायज्ञ मा सहयोग को लागि देश तथा बिदेश मा रहेका ब्यक्तिहरुले सहयोग गरिरहेको र अझै सहयोग को आवस्यकता रहेको सचिब रावलको भनाइ थियो ।

महायज्ञ को पावन अवसरमा रास्ट्र, रास्ट्रियता , धर्म संस्कृति ,संस्कार , संरक्षण तथा पितृ मोक्ष प्राप्ति पनि हुने उपाध्यक्ष शारदा स्वार ले बताउनुभयो ।

महायज्ञ को अबधिमा ग्रह शान्ति ,ब्रतबन्ध ,पित्री उद्गार ,बाल काट्ने , १ लाख २५ हजार लाख बत्ति , महामृत्युजन्य मन्त्र जाप लगायतको कार्यहुने भएकोले इच्छुक भक्तजनहरुले सम्पर्क गर्न सक्ने छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply