प्रगतिशील लेखक सङ्घको तेह्रौँ राष्ट्रिय सम्मेलन सम्पन्न, डा. देवी दुलाल क्षेत्री अध्यक्षमा चयन

चैत २५ धनगढी
प्रगतिशील लेखक सङ्घ (प्रलेस) को तेह्रौँ राष्ट्रिय सम्मेलन २०८१ चैत २३ र २४ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण कक्षमा सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन पूर्व अध्यक्ष निनु चापागाईंले गर्नुभएको थियो। उद्घाटन सत्र डा. देवी दुलाल क्षेत्रीको सञ्चालन, डा. मधुसूदन गिरीको अध्यक्षता र समीर सिंहको स्वागत मन्तव्यका साथ सम्पन्न भएको हो।

उक्त सम्मेलनमा प्रगतिवादी साहित्यकार तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली, पूर्व अध्यक्षहरू डा. अमर गिरी, प्राडा जीवेन्द्रदेव गिरी, रामप्रकाश पुरी, दिनानाथ शर्मा, रामप्रसाद ज्ञवाली, शालिकराम तिमिल्सेना, कुशल बोगटीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

दोस्रो दिन सम्मेलनको बन्दसत्र सम्पन्न भयो जसले नयाँ ४५ सदस्यीय केन्द्रीय समिति चयन गर्‍यो। यस समितिको अध्यक्षमा डा. देवी दुलाल क्षेत्री चयन हुनुभएको छ। उपाध्यक्षमा समीर सिंह र डा. अमृता शर्मा, महासचिवमा झगिन्द्रप्रसाद ढकाल ‘पारस’, उपमहासचिवमा बोधकुमार घिमिरे, सचिवमा डा. हरिप्रसाद तिमिल्सिना र कुशल बोगटी, तथा कोषाध्यक्षमा डा. कृष्ण सुवेदी ‘भारद्वाज’ रहनुभएको छ।

समितिमा अन्य ३५ जना सदस्यहरू पनि चयन गरिएका छन्, जसमा सिर्जन श्री, रमेश पन्त मितबन्धु, कल्पना पौडेल ‘जिज्ञासु’, डा. प्रतिभा पुन, विमला विश्वकर्मा, भीम रानाभाटजस्ता विभिन्न प्रदेशका र सृजनशील लेखकहरूको समावेश छ।

प्रलेसको विधान अनुसार सातै प्रदेश समितिका अध्यक्ष पनि केन्द्रीय सदस्यका रूपमा रहने प्रावधान अनुसार गण्डकी, बागमती, कर्णाली, कोशी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका अध्यक्षहरू समेत केन्द्रीय समितिमा रहेका छन्।

त्यस्तै, सम्मेलनले अर्को ४५ सदस्यीय केन्द्रीय परिषद् पनि गठन गरेको छ, जसमा देशभरका विभिन्न क्षेत्रका साहित्यकारहरू सहभागी छन्। दिनेश थापा, सीता बुढा, डी.पी. शर्मा, विनु खड्का, कविराज भट्ट, ममता सुर्खेती, कृष्ण राना, घनश्याम मिश्रजस्ता नामहरू परिषद्मा समावेश छन्।

यो सम्मेलनले नयाँ नेतृत्वसहित प्रगतिवादी साहित्यिक आन्दोलनलाई थप सशक्त रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply