खक्रौला मा ब्रा मा लुकाएको खैरो हेरोइन सहित पक्राउ

गणेश क्षेत्री /
चैत २६ धनगढी
नेपाल भारत को सिमा खक्रौला नाका मा चेकजाँच गर्दा महिलाले लगाएको ब्रा बाट लागु औषध खैरो हेरोइन सहित टीकापुर का २ जना साँझ ७:३० मा पक्राउ परेका छन्

टीकापुर १ एकतानगर सिबिर का बर्ष १८ को सन्तोष बिक र बर्ष २३ को बन्दना बिकलाइ चेकजाँच गर्दा ब्रा मा लुकाएर ल्याइ रहेको लागु औषध १.४२० मिलि ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुर का इन्चार्ज प्रहरी नायब उपरीक्षक नबिनराजा बुढाथोकिले बताउनुभयो

इलाका प्रहरी कार्यालय टीकापुर का इन्चार्ज बुढाथोकिले सुचना संकलनको लागि खटाएको टाेलिले पटकपटक लागु औषध र फरार अपराधी लाई पक्राउ गर्न सफलता हासिल गर्दै आएको छ

इन्चार्ज डियसपि बुढाथोकिले लागु औषध समाजको धमिरा भएकोले नागरिक समाज , अभिभावक ले सहयोग गर्नुपर्ने बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply