चैत २६ धनगढी
अछामकाे जयगढ बजारमा भीषण आगलागी भएकाे छ । बान्नीगढीजयगढ गाउँपालिका-३ मा पर्ने जयगढ बजारमा मंगलबार साँझ ७ बजेर २० मिनेटदेखि आगलागी भएकोमा अहिलेसम्म नियन्त्रणमा लिन नसकिएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीले बताए ।
उनका अनुसार आगाे नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाे टाेली खटिएको छ तर दमकल अभावमा समस्या भइरहेको छ अहिलेसम्म सात वटा पसल जलेर नष्ट भएका छन् ।
अहिले मंगलसेन नगरपालिकाकाे दमकल घटनास्थल पुगेर आगाे निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1