कैलाली पुलदेखि हुलाकी रोड जिरो प्वाइन्टसम्म कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा

चैत २६ धनगढी
धनगढीको मुख्य बजार क्षेत्रमारहेको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कैलाली पुलदेखि हुलाकी रोड जिरो प्वाइन्टसम्म कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

संगै सडक क्षेत्रमा परेका संरसचना आफै भत्काएका नागरिक उत्साहित छन् । सडक अधिकार क्षेत्रमा परेका ४२८ संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काए पछि प्रदेश सरकारले निर्माण कम्पनी केएस कन्स्ट्रक्सन प्रालिलाई ०८२ बैशाख २६ गतेभित्रै निर्माण सम्पन्न गर्न म्याद दिइएकोमा कम्पनीले निर्धारित मितिमै सम्पन्न गर्ने भएको हो ।

धनगढीको कैलालीपुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडकको निर्माण अन्तिम चरणमा पुगेका पछि नागरिक खुशी भएका छन् । पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार निर्माण कम्पनी केएस कन्स्ट्रक्सन प्रालिलाई ०८२ बैशाख २६ गतेभित्रै निर्माण सम्पन्न गर्न म्याद दिइएकोमा कम्पनीले कालोपत्रेको काम निर्धारित मितिमै सम्पन्न गर्ने गरी काम गरिरहेको छ । समयमा काम सम्पन्न हुने भएपछि सडकको भोगाधिकार भित्र घरपरेका नागरिक उत्साहित छन् ।

पूर्वाधार विकास कार्यालय कैलालीका साइड इञ्चार्ज हर्क जोशीले कालोपत्रेको काम समयमा सकिने भएपनि फुटपात, रंगरोगन लगायतको काम बाँकी रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply