जनउत्थान लघुवित्तको १५औं वार्षिकोत्सवमा दृष्टि फाउन्डेसन नेपाललाई खाद्यान्न सहयोग

हेमा भट्ट
कैलाली – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, रैकवार विचवा, कञ्चनपुर शाखाले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा नेपाल दृष्टि फाउन्डेसन, धनगढी-१३, कैलालीमा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ। शाखा प्रमुख विनोद सिंह भाटको अगुवाइमा चामल, दाल, नुन र तेलजस्ता सामग्री प्रदान गरिएको हो।

शाखा प्रमुख भाटले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा दृष्टिविहीन व्यक्तिहरूलाई सहयोग गर्दै आएको बताउँदै, यसरी सहयोग गर्न पाउँदा आफू निकै खुशी लागेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको सभाध्यक्ष भाट स्वयं रहेका थिए भने प्रमुख अतिथि रूपमा दृष्टि फाउन्डेसनकी संस्थापक कल्पना भट्ट सहभागी थिइन्। उनले दीप प्रज्वलन तथा टीका लगाएर जनउत्थान परिवारलाई सम्मान समेत गरेकी थिइन्।

भट्टले धनगढी उपमहानगरपालिका –१३ बाट प्राप्त दुनाटपरी बनाउने तालिम प्रभावकारी भएको बताउँदै, तालिम पश्चात सीप त प्राप्त भयो तर मेशिनको अभावका कारण व्यवसायिकरूपमा अघि बढ्न नसकेको उल्लेख गरिन्। त्यसैले स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालालाई मेशिन उपलब्ध गराइदिन आग्रह समेत गरेकी छन्।

हाल जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेवा १९ जिल्लामा फैलिएको छ भने ३९ शाखाहरू सञ्चालनमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply