चैत २७ धनगढी
कैलालीका विभिन्न स्थानबाट प्रहरीले लागु औषध सहित १२ जना पक्राउ गरेको छ । मंगलबार उनीहरुको साथबाट ५ ग्राम ६६० मिलिग्राम खैरो हेरोईन र ७२ ट्याब्लेट प्रतिबन्धित औषधी सहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलाली घोडाघोडी १ सुखड स्थित गौरभ आचार्यको घरमा लागु औषध सेवन गरिरहेका छन भन्ने गोप्य सुचनाका आधारमा ई.प्र.का. सुखडबाट खटीगएको प्रहरी टोलीले जिल्ला कैलाली घोडाघोडी१ बस्ने बर्ष २५ को गौरभ आचार्य, बर्ष ३४ को सुरेन्द्र श्रेष्ठ र बस्ने बर्ष २२ को भिम बोहरा रहेका छन् ।
कैलाली टिकापुर ९ खक्रौला चेक पोष्ट नजिक ई.प्र.का. टिकापुरबाट खटीगएको प्रहरी टोलीले टिकापुर १ एकतानगर शिविर बस्ने बर्ष १८ को सन्तोष बि.क. र बर्ष २३ की बन्दना बि.क. छन् ।
कैलालीको धनगढी बङ्ग्राकटान र त्रिनगर भन्सार नजिकबाट यस कार्यालयको अपराध अनुसन्धान समुहबाट खटीगएको प्रहरी
टोलीले धनगढी ६ बस्ने बर्ष २२ को विवेक राना, ७ बस्ने बर्ष १८ को आकाश राना, ९ बस्ने बर्ष २२ को भिम सुनार, बर्ष २६ को दिनेश बोहरा र बर्ष २५ को विशाल बोहरा रहेका छन् ।
त्यसैगरी धनगढी १९ ललिपुरघाट स्थित ई.प्र.का. बहुलिया र ला.औ. नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटीगएको संयुक्त प्रहरी टोलीले १२ बस्ने बर्ष २८ को रोहित बोगटी ८ बस्ने बर्ष २२ को लोकेन्द्र खड्का रहेको प्रहरीले जनाएको छ ।
सबै १२ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।